सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा हावाको गुणस्तर विश्वमै खराब


काठमाडौं । नेपालको हावाको गुणस्तर विश्वकै खराब भएको पछिल्लो अध्ययनले देखाएको छ । सेन्टर फर इन्भारोमेन्टल ल एण्ड पोलिसी (येल विश्वविद्यालय) र सेन्टर फर इन्टरनेशनल अर्थ साइन्स इन्फर्मेसन नेटवर्क, कोलम्बिया युनिभर्सिटीले वल्र्ड इकोनोमिक फोरमसँग मिलेर नेपालसहित १८० देशको वातावरणीय अवस्थाबारे अध्ययन गरेको छ ।
यसले नेपाली हावाको गुणस्तर निकै खराब रहेको देखाएको छ । नेपालका धेरै घरहरुमा अझै पनि दाउरो बाल्ने गरेको र जनसंख्याको धेरै हिंसा ‘पीएम २.५’ (आँखाले देख्न नसकिने प्रदुषणका कणहरु) को जोखिममा रहेको रिपोर्टमा उल्लेख छ । समग्र ‘वातावरणको स्वास्थ्य सूचकांक’ हेर्ने हो भने पनि नेपालको अवस्था राम्रो देखिँदैन । इन्भाइरोमेन्ट पफर्मेन्स इन्डेक्स–२०१८ मा सहभागी १८० देशमा नेपाल १७६ औं स्थानमा परेको छ ।

प्रकाशित मिति : १० माघ २०७४, बुधबार ०६:५४