सूचनाको शक्ति - The Power Of Information

        

प्रेम दिवसमा लघुनाटक प्रतियोगिता हुँदै


देवी भण्डारी । दाङ । दाङमा लघुनाटक प्रतियोगिता तथा साँस्कृतिक कार्याक्रम २०७४ हुने भएको छ । निड नेपाल फाउन्डेसन संस्थाले घोराहीमा पत्रकार सम्मेलनमा जानकारी गराएको हो । निड नेपाल फाउन्डेसनका सदस्य विकास गुप्ताको अध्यक्षता तथा पत्रकार महासंघ दाङका कोषाध्यष आरके सितलको प्रमुख आथित्यतामा पत्रकार सम्मेलन भएको हो ।
नाटक विधाको संरक्षण तथा सम्वर्धनको लागि प्रतियोगिताको आयोजना गरेको संस्थाका डिल्लीराज शमाले जानकारी दिए । आगामी माघ २९ गते प्रतियोगिातको फाइनल हुने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । प्रेम दिवसको अवसर पारेर आयोजना गरिएको नाटक प्रतियोगितामा प्रेम सम्वन्धी विषय वस्तु समेटिएको हुनुपर्ने तथा नाटकमा ५जना सम्मको सहभागीता हुनुपर्ने एवम नाटक ५ देखि १० मिनेटको समयमा सक्नुपर्ने आयोजकले जनाएको छ । साथै सहभागिताको लागि माघ २१ गतेसम्म फाराम भर्न सकिने छ ।
माघ २७ गते पहिलो चरणको अडिसन भरतपुरको सल्यानी हलमा हुने तथा फाइनल २९ गते बुद्धि पार्टी प्यालेसमा हुने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । त्यस्तै प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार, द्वितियलाई ५ हजार र तृतियलाई ३ हजार नगद पुरस्कार प्रदान गरिनेछ । साथै निड नेपाल फाउन्डेसनका युवाद्वारा सङकलित रकमले यो प्रतियोगिता सञ्चालन गर्ने र बचेको रकम अनाथ बालबालिकाको लागि सहयोग गर्ने कार्यक्रममा जानकारी गराईएको थियो ।

प्रकाशित मिति : ८ माघ २०७४, सोमबार ०६:१९