काठमाडौं । दुई वर्षअघि कलाकारिता क्षेत्रमा सक्रिय प्रमिला न्यौपाने मोडलिङ क्षेत्रमा संघर्षरत छन् । विभिन्न हास्य टेलिसिरियल तथा म्युजिक भिडियोमा अभियन गर्दै आएकी उनी मुलुकका विभिन्न स्थानमा हुने मेला महोत्सवहरुमा समेत स्टेज तताउँदै आएकी छन् । स्टेजमा आर्कषक नृत्य प्रस्तुतीकै कारण आधा दर्जन म्युजिक भिडीयोमा डेब्यू गर्ने अवसर पाएकी प्रमिलाले ‘बिन्दास लाइफ’ फिल्ममा समेत अभियन गरिसकेकी छन् ।
सोही फिल्मबाट डेब्यु गरेकी उनी अवसर आए अरु फिल्ममा समेत अभियन गर्न पछि नपर्ने बताउँछन् । कलासँगै सुन्दर रुपकी धनी प्रमिलाको आकर्षक फिगरले समेत धेरैलाई नतमस्तक बनाउँछ । नृत्यका लागि प्रमिला स्टेजमा उत्रेपछि उनले देखाउने ‘लट्काझट्का’मा कायल हुने युवाको संख्या ठूलै छ । सोही कारण उनलाई पछिल्लो समय एक÷दुई वटा फिल्मबाट समेत प्रस्ताव आइसकेको छ । तर कथाबस्तु तथा निर्माण पक्षको धारणा बुझेर मात्र काम गर्ने उनी बताउँछिन् ।
धेरै नायीकाहरु निर्माता र निर्देशकसँग सेक्स गरेपछि मात्रै फिल्म खेल्ने अवसर पाउँछन् भनिन्छ, के तपाई पनि राम्रो पर्दाको फिल्म पाउने अवसरका लागि सेक्स गर्न तयार हुनुहुन्छ ? भनेर प्रश्न गर्दा उनले भनिन्, ‘म त्यसो गर्दिन । मलाई धेरै भिडियो तथा फिल्म खेलेर भन्दा थोरै तर उत्कृष्ट काम गर्न पाउँदा सन्तुष्टि मिल्छ । किनकी म क्वान्टिटीमा हैन क्वालिटीमा विश्वास गर्छु, । त्यसैले थोरै तर उत्कृट भिडियो र फिल्म खेल्न मन छ । त्यसका लागि म आफ्नो यौवन साट्ने छैन ।’
कलाकारीतामै आफ्नो भविष्य देखेको बताउने उनी संघर्षको मैदानबाट कहिल्यै नथाक्ने अठोटका साथ क्रियाशील छिन् । उनी भन्छिन ‘कलाकारिता क्षेत्रमै भविष्य बनाउन चाहन्छु । म आफूलाई अरु कोहीसँग तुलना गर्दिन । सफल मोडल प्रमिला न्यौपाने नै बन्न चाहान्छु ।’
।