सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश स्तरीय आइडल प्रतियोगिता सुर्खेतमा

सुर्खेत । प्रदेश ६ का प्रतिभाहरुको खोजीका लागि सुर्खेतमा प्रदेश स्तरिय गायनतर्फ आईडल प्रतियोगिता हुने भएको छ । सिङ्गारो म्युजिक प्रालिको आयोजनामा फाइनल प्रतियोगिता आगामी चैत्र ३० गते सुर्खेतमा हुन लागेको हो । प्रतियोगितामा भाग लिनेहरुका लागि आइतबारदेखि फारम खुला गरिने सिङ्गारो म्यजिक प्रालिका निर्देशक विशाल ढकालले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिए ।
उनका अनुसार आगामी फागुन पहिलो सातादेखि जिल्ला अडिसन सुरु हुनेछ । ‘प्रालिको उद्देश्य नै कला संस्कृतिको संरक्षण, प्रचारप्रसार र जगेर्ना गरेको भन्दै ढकालले स्थानीय कला संस्कृतिको संरक्षण गर्नकै लागि प्रदेश ६ मा पहिलो पटक आइडल प्रतियोगिताको आयोजना गरेको बताए । प्रदेश ६ जिल्लाहरुबाट प्रत्येक जिल्लाबाट ५ जना गायक गायिका छनौट गरिने ढकालले जानकारी दिए ।
उनले प्रतियोगिताका लागि शुरुमा जिल्ला अडिसन हुने र त्यसपछि दोस्रो गायन अडिसन सुर्खेतमा हुने बताए । प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख, दोस्रोले २ लाख र तेस्रो हुनेले १ लाख नगद पुरस्कार पाउने ढकालले बताए । प्रतियोगिताबाट उत्कृष्ट गायक–गायिका छनौट गरी नगद ५० हजार पुरस्कार दिइने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०७४, शनिबार ०७:५६