सूचनाको शक्ति - The Power Of Information

        

रिब्याक हुँदै अनामिका


काठमाडौं । काभ्रेपलाञ्चोककी स्थायीवासी हुन् अनामिका चौलागाईं, जो नेपाली चलचित्र क्षेत्रमा नायिका बन्न सक्छु भनेर काठमाण्डौ भित्रिएकी थिइन् । उनले चलचित्र उद्योगमा नायिका बन्नका लागि निकै कडा मेहनत गरेको बताउँछिन् । परिवार यस क्षेत्रमा नभए पनि उनलाई चलचित्र प्रतिको झुकावले यही क्षेत्रमा डोहो¥यायो ।
बिशेषगरी चलचित्रको नायिका बन्ने सोख र सपनाका कारण उनले अभिनयलाई जोड दिँदै छोटो अवधिमा नै चलचित्रको मुख्य नायिका बन्न पाएकी छिन् । अनामिकाले अभिनय गरेको पहिलो चलचित्र ‘प्राण भन्दा प्यारो’ हो । हालसम्म ३ वटा चलचित्रमा अभिनय गरिसकेकी अनामिकाले आधा दर्जन म्युजिक भिडियो पनि खेलेकी छिन् । ब्यक्तिगत कामले केही समय चलचित्र क्षेत्रबाट हराएकी उनी कम ब्याक गर्ने उद्देश्यका फोटोसुट गरेकी थिइन् ।

प्रकाशित मिति : ५ माघ २०७४, शुक्रबार ०८:३८