सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा पहिलो पटक मारवाडी व्याडमिन्टन प्रतियोगिता हुँदै


बाँके । मारवाडी युवा मञ्च नेपालगन्जले शनिबार बाँकेको नेपालगन्जमा खुला मारवाडी व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । १२ वटा टिमको सहभागिता रहने प्रगियोगिताको तयारी पुरा भएको मञ्चले जनाएको छ ।
मारवाडी युवाहरुलाई समाजसेवामा क्रियाशिल बनाउन प्रगियोगिता आयोजना गरिएको मञ्चका अध्यक्ष महेश अग्रवालले जानकारी दिए । मारवाडी युवाहरुबीच हुने मैत्रीपूर्ण प्रतियोगितामा विजेताहरुलाई प्रोत्साहन स्वरुप मेडलहरु प्रदान गरिने अध्यक्ष अग्रवालले जानकारी दिए ।
नेपालगन्ज रंगशालामा विहान ८ बजेदेखि शुरु हुने प्रतियोगिता संचालनका लागि लाग्ने खर्च आयोजकले नै व्यहोर्ने उनले बताए । मारवाडी युवाहरुबीच पहिलो पटक ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष अग्रवालले जानकारी दिए ।

प्रकाशित मिति : ५ माघ २०७४, शुक्रबार ०६:०३