सूचनाको शक्ति - The Power Of Information

        

पोखरा–नेपालगन्ज सिधा उडान गर्दै बुद्ध एयर


बाँके । निजी क्षेत्रको हवाई सेवाप्रदायक बुद्ध एयरले आउँदो वैशाख १ देखि पोखरा–नेपालगन्ज नियमित उडान गर्ने भएको छ । हाल काठमाडौंबाट मात्र उडान गरिररहेको बुद्धले २०्७५ सालको नयाँ वर्षदेखि पोखराबाट पनि नेपालगन्ज दैनिक उडान गर्ने घोषण गरेको छ ।
पोखरा हब विमानस्थल बनाएर बुद्धले भरतपुर र भैरहवा उडान गरिरहेको छ । गाडीबाट १० देखि १२ घण्टा लाग्ने उक्त रुटमा हवाई सेवा सुरु भएपछि यात्रा छोटिने छ । सर्वसाधारण यात्रुदेखि देशी विदेशी पाहुनाहरुलाई सहज हुने र बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमणमा विदेशीहरुलाई सहज यात्रा होस भनेर उडान सुरु गर्न लागिउको बुद्ध एयरले जानकारी दिएको छ ।
बुद्ध एयरले विशेषगरी पोखरा आएका पर्यटकलाई मानसरोबर जान सहज होस भन्ने उद्देश्यबाट उडान सुरु गर्न लागेको हो । भारतीयहरु पोखरा पनि आउन चाहने र मानसरोबर पनि जान चाहने तर गाडीको यात्रा लामोमात्र नभइ कष्टकर पनि भएकोले हवाई उडान सुरु योजना बुद्धले बनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नै ह्यांगर भएको बुद्धसँग ७२ सिट भएका एटिआर ७२–५०० सिरिजका चार, ४७ सिट क्षमतायुक्त एटिआर ४२–३२० तीन र १८ सिट भएक बिचक्राफ्ट–१९००डी सिरिजका दुइवटा गरी कूल नौं विमान रहेको छन् । अर्को एटिआर ७२–५०० विमान आउने क्रममा छ ।
हाल बुद्धले काठाडौंबाट, विराटनगरबाट र पोखराबाट दैनिक ४५ बढी उडान गरिरहेको छ । त्यस्तै माउन्टेन,अन्नपुर्ण फ्लाइट पनि गर्छ भने भुटानको पारो र भारतको बनारसमा चार्टर उडान पनि गरिरहेको छ । सन् २०२० बाट एयरबस विमान खरिद गरेर अन्तर्राष्ट्रिय उडान सेवा विस्तार गर्ने योजनामा रहेको बुद्धले भारतको कोलकत्ता पनि उडान गर्ने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : २ माघ २०७४, मंगलवार १०:२४