सूचनाको शक्ति - The Power Of Information

        

ग्ल्यामरमा करियर खोज्दै प्राप्ती पोखरेल


काठमाडौं । बिएस्सीसम्मको अध्ययन गरेकी प्राप्ती पोखरेल २२ वर्षअघि पूर्वको सुन्दर सहर इटहरीमा जन्मिएकी हुन् । कक्षा ८ देखि काठमाडौंमै अध्ययनरत प्राप्ती विज्ञान विषयकी छात्रा भए पनि प्राप्ती ग्ल्यामरको क्षेत्रमा करियर बनाउन इच्छुक छिन् ।
गायक रोशन भलुवाको ‘गहभरि आँसु’ गीतको म्युजिक भिडियोमा अभिनय गरेर मोडेलिङमा पाइला चालेकी प्राप्ती अब भने चलचित्रमा करियर प्रारम्भ गर्न चाहन्छिन् । ५ फिट ४ इन्च अग्ली प्राप्ती विद्यालयमा छँदै नृत्य तथा अभिनयमा अग्रसर थिइन् ।
विद्यालयका अधिकांश सांस्कृतिक कार्यक्रममा प्राप्तीको प्रस्तुति अनिवार्य नै हुन्थ्यो । नायिका बन्ने सानैदेखिको सपना भएको बताउने प्राप्ती फुर्सदमा नजिकका साथीहरू जम्मा पारेर सुखदुखका कुरा सेयर गर्न मन पराउँछिन् । प्रेम तथा रोमान्सबाट टाढै बस्न चाहने प्राप्तीलाई साडी सबैभन्दा मन पर्ने पहिरन हो ।

प्रकाशित मिति : ३० पुष २०७४, आइतवार ०६:५९