सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रियसभाका लागि तोकिए मुख्य निर्वाचन अधिकृत


काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ । आयोगले प्रत्येक प्रदेशमा १र१ जना गरी ७ जना निर्वाचन अधिकृत तोकेको हो । आयोगले जिल्ला न्यायाधीशहरुलाई निर्वाचन अधिकृतका रुपमा नियुक्त गरेको हो । आयोगले न्याय परिषद् सचिवालयले सिफारिस गरेका जिल्ला न्यायाधीशहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।
आयोगले १ नम्बर प्रदेशमा राजुकुमार खतिवडा, प्रदेश २ मा राधाकृष्ण उप्रेती, प्रदेश ३ मा बालकुमुन्द दवाडी, प्रदेश ४ मा दीपेन्द्र अधिकारी, प्रदेश ५ मा हेमन्त रावल, प्रदेश ६ जयानन्द पनेरु र प्रदेश ७ मा नरनारायण पौडेललाई तोकेको छ । निर्वाचन अधिकृतको कार्यालय भने पुस २९ गते स्थापना गर्ने आयोगले जनाएको छ । कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा स्थापना गरिनेछ ।
कुन प्रदेशमा मुख्य निर्वाचन अधिकृत को ?
प्रदेश १ – मोरङका जिल्ला न्यायाधीश राजुकुमार खतिवडा
प्रदेश २ – धनुषाका जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेती
प्रदेश ३ – ललितपुरका जिल्ला न्यायाधीश बालकुमुन्द दवाडी
प्रदेश ४ – कास्कीका जिल्ला न्यायाधीश दीपेन्द्र अधिकारी
प्रदेश ५ – दाङका जिल्ला न्यायाधीश हेमन्त रावल
प्रदेश ६ – सुर्खेतका जिल्ला न्यायाधीश जयानन्द पनेरु
प्रदेश ७ – डोटीका जिल्ला न्यायाधीश नरनारायण पौडेल

प्रकाशित मिति : २७ पुष २०७४, बिहीबार ०८:३७