जुम्ला । जुम्ला जिल्ला आफैमा प्राकृतिक स्रोेत साधनले भरिपूर्ण जिल्ला हो । जुम्लामा विकासका सम्भावना पनि धेरै छन् । अबसर तथा लगानीको अभावमा कर्णालीका सम्भावनाहरु अझै पनि ओजेलमा परेको अबस्था छ । तर पछिल्लो समय सडक सञ्जाल जोडिएसंगै जुम्ला स्याउ उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । स्याउबाटै जुम्लामा वर्षेनि करोडौको आम्दानी गर्दै आएका छन् ।
जुम्लामा रहेका झण्डै १८ हजार घरधुरी मध्य १६ हजार घरधुरीमा स्याउ बगैचा व्यवस्थापन कार्यक्रम संचालन भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका सुचना अधिकारी बालकराम देवकोटाले बताए । उनले भने, जुम्लाका पाखाहरु पनि अहिले स्याउ बगैचाका रुपमा परिणत भएका छन् । जुम्ला सडक संजालमा जोडिएपछि स्याउ उत्पादनले निकै बढवा पाएको हो ।
यो वर्ष जुम्लाबाट झण्डै १७ करोड बराबरको स्याउ निर्यात भएको छ । पछिल्लो समय स्याउ उत्पादनमा कृषकहरुको बढ्दै गएको आकर्षण कारण वर्षेनि स्याउ उत्पादनबाट आम्दानी बढ्दै गएको छ । गत वर्षको भन्दा ठयाक्कै १ करोडले यस वर्ष स्याउ उत्पादनमा बृद्धि भएको जिल्ला कृषि विकास कार्यालय, जुम्लाले जनाएको छ ।
पछिल्लो समय जुम्ली नागरिकको प्रमुख आर्य श्रोत स्याउ उत्पादन भएको छ । स्याउ बगैँचामै सम्म स्याउ किन्नको लागि व्यापारीहरु जाने गर्दछन् । सिजनमा प्रति केजी रु ५० र हाल रु १०० मा जुम्लको अर्गा्निक स्याउ बिक्री भईरहेको छ । भने झण्डै १२० रुपैया प्रतिकेजी विक्रि हुने गरेको स्याउ कृर्षक कालो बुढाले बताए ।
उनले मात्रै यस वर्ष झण्डै १० लाख स्याउ बाट कमाएका छन् । यो वर्ष मात्र जुम्लामा ३७ सय मेट्रिकटन स्याउ उत्पादन भएको थियो, २२ सय मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ । ए र बी गे्रटको बजारमा जान्छ भने सी गे्रटको स्याउ बाट चाना, जाम, साइटर, जुस र ब्राण्डी बनाएर पनि किसानले नगद आम्दानी गर्ने गरेका छन् ।
यो वर्ष १५ प्रतिशतले जिल्लामा स्याउ उत्पादनमा वृद्धि भएको हो । जुम्लाबाट निर्यात भएको स्याउ नेपालका मुख्य शहरहरुमा जाने गरेको छ । सुर्खेत, नेपालगन्ज, विराटनगर, काठमान्डौ,पोखरा लगायत अन्य सहरमा जुम्लाको स्याउ छयापछयाप्ती गएको छ । यता कृषि विकास कार्यालय जुम्लाले भने, जुम्लालाई स्याउ उत्पादनबाटै आत्मनिर्भर बनाउन, विभिन्न स्याउखेती व्यवसायीक मुलक कार्यक्रमहरुलाई जोड दिने बताएको छ ।
जुम्लाका एक नगरपालिका र सात गाउँँपालिकाबाट कृषि कार्यक्रम अन्तरर्गत स्याउ बगैचा व्यवस्थापन कार्यक्रमलाई निकै प्रभावकारी बनाउन जोड दिइएको बताइएको छ । जुम्लामा पछिल्लो समय स्याउ बगैचा व्यवस्थापन कार्यक्रम निकै प्रभावकारी हुदै गइरहेको छ ।
।