सूचनाको शक्ति - The Power Of Information

        

रिलमा प्रेम गर्दै रियल प्रेम जोडी


काठमाडौं । अभिनेता शिव श्रेष्ठले निर्माण गर्न लागेको एक चलचित्रमा रियल प्रेम जोडीले रिलमा प्रेमको अभिनय गर्ने भएका छन् । अर्थात चलचित्रको मुख्य भूमिकामा अभिनेता संजोग कोइराला र अभिनेत्री वर्षा राउतको चर्चा चलेको छ । यी दुबै रियल लाइफका पनि प्रेम जोडी हुन् । यी दुबैको प्रेम किस्सा संचारमाध्यममा पटक पटक छाउने गरेको छ ।
दिपेश सापकोटाको निर्देशन रहने चलचित्र मार्फत संजोग र वर्षा पहिलो पटक एकसाथ देखिन लागेका हुन् । यी दुबैको अलवा निर्माता श्रेष्ठ र नरेन खड्का, बिष्णु चेम्जोंगको समेत चलचित्रमा अभिनय रहनेछ । चलचित्रमा शिव श्रेष्ठसँगै बिष्णु चेम्जोंग लिम्बु, यशोदा राई, दिनेश दर्शनधारीको लगानी रहनेछ ।

 

प्रकाशित मिति : २७ पुष २०७४, बिहीबार ०८:११