काठमाडौं । कलाकारितामा कला अनि गला दुबै चाहिन्छ । यी दुबै रुपले धनी गायिका हुन् सुशीला पाठक । आफ्नो लक्ष उद्देश्य एवं गन्तव्यमा पुग्नलाई दृढ संकल्पसहित निरन्तर रुपमा लागिरहनु पर्छ भन्ने मान्यता राख्ने सुशीला नेपाली संगीतमा आफ्नो अमिट छाप छाड्ने उदेश्य साथ लागिरहेकी उनी श्रोतामाझ चिनिने क्रममा छिन् । हलक्कै ज्यान बढ्यो रे लाली जोवन चढ्यो रे… केके भयो उनलाई देखी लाग्यो लाज साँची पिरतिको तालमा नाच्छु कम्मर भाँची भाँची…
गीतकार विष्णु गुरुङ तथा विशिष्ट संगीतकार शिलाबहादुर मोत्तानको संगममा यी गितहरु उनका परिचय हुन् । पूर्वको झापामा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाइरहेकी सुशीलाले दर्जनौ गीतहरुमा आफ्नो सुमधुर आवाज दिइसकेकी छिन् ।
नयाँ एल्बम हालसालै सार्वजनिक गरेकी गायिका सुशीलाको प्रस्तुत फोटो आर्टिस्ट नेपाल स्टुडियोमा कैद गरिएको हो । कुबेर तमाङको फोटोग्राफीमा रोजी सिंह लुइटेलले मेकअप गरेकी हुन् । मोडलिङमा पनि रहर बोकेकी सुशीलाले फोटोसुटको क्रममा मोडेल झै प्रस्तुत भइन् । उनी आफ्न केही गीतमा मोडेल झै प्रस्तुत पनि भएकी छन् ।
।