सूचनाको शक्ति - The Power Of Information

        

भेरी सहकारीको एक करोड बढी मुनाफा आर्जन

खम्बप्रसाद पुन । बाँके । भेरी सहकारी वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७३/०७४ मा १ करोड ७ लाख ७८ हजार ५४१ मुनाफा आर्जन गरेको जनाएको छ । संस्थाको २२ औं वार्षिक साधारणसभामा अध्यक्ष बसन्त लामिछानेले सोही आर्थिक वर्षमा २० करोड ७ लाख ५९ हजार ९५२ हजार निक्षेप संकलन गरेको जानकारी दिए ।
त्यसैगरी २३ करोड ९५ लाख ७० हजार ५०० रुपैयाँ कर्जा लगानी गरिएको अध्यक्ष लामिछानेले बताए । कुशल व्यवस्थापनका साथ अगाडि बढाइएको सहकारीमा ३ हजार ३३८ शेयर सदस्य रहेको सहकारीले वार्षिक साधारणसभाका अवसरमा शेयर सदस्य उमा थापामगर, गुरुदेवशर मिश्र, लिलबहादुर थापा, भैरबी कार्कीलगायतलाई सम्मान गरेको छ ।
कार्यक्रममा राष्ट्रिय सहकारी विकास वोर्डका केन्द्रीय सदस्य देवबहादुर केसी, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, संस्थाका पूर्व अध्यक्ष विष्णु मैनाली, शेयरधनी लगायतले व्यवस्थापन नै सहकारीको सफलता हुने बताए । सहकारीलाई अझ मर्यादित र समस्या मुक्त बनाउन सहकारी अभियान्ताहरुको नै सक्रियता हुनु पर्नेमा उनीहरुले जोड दिए ।

प्रकाशित मिति : २२ पुष २०७४, शनिबार ०९:२९