सूचनाको शक्ति - The Power Of Information

        

भारतीय बजार रुपैडिहामा ई–रिक्सालाई निषेध


बाँके । बाँकेमा अनियन्त्रित रुपमा खरीद भई दर्ता भएका ई–रिक्साले रुपैडिहामा सास्ती दिएपछि रुपैडिहा कस्टमले भारतीय क्षेत्रमा ई–रिक्साको आवागमनलाई निषेध गरेको छ । रुपैडिहा प्रहरीले ई–रिक्सा चालकलाई रुपैडिहा नआउन निर्देशन दिएपछि अहिले जमुहनाहा प्रहरी चौकी सम्म मात्रै आवागमन रहेको प्रहरी भनाई छ ।
जिल्लामा दर्ता रहेका ई–रिक्साहरुसँग चुस्त कागजात र चालक अनुमति पत्र नभएपछि कारवाही गरिएको रुपैडिहा प्रहरीको भनाई छ । ई–रिक्साकै कारण रुपैडिहामा घण्टौ जाम लाग्ने, दुर्घटना हुने, अवैध क्रियाकलाप हुने र तस्करीजन्य वस्तुहरु निकासी हुँदै आएको भारतीय प्रहरीको समीक्षा रिपोर्टमा छ । नेपाली क्षेत्रमा दिनहुँ कति रिक्सा आवागमन गर्न दिने भन्ने विषयमा रणनीति तयार गर्न केहि समयका लागि ई–रिक्सा निषेध गरिएको रुपैडिहाका पत्रकार नवी अहमदले बताए ।

प्रकाशित मिति : २१ पुष २०७४, शुक्रबार ११:०६