दाङ । राष्ट्रिय खेलकुद परिषद् च्याम्पीयनसिप २०७४ अन्तरगत दाङमा पुरुष फुटबल प्रतियोगिता हुँदैछ । दाङमा २८ औँ राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता दाङमा हुने राष्ट्रिय खेलकुद परिषद्ले बताएको छ । प्रतियोगिता माघको २ देखि ६ गतेसम्म दाङको दुई स्थानमा हुनेछ । जिल्लाको भरतपुर खेल मैदान घोराही र अरनिको खेल मैदान तुलसीपुरमा हुनेछ ।
पाँच विकास क्षेत्र, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ८ टिमको सहभागिता रहने प्रतियोगिताको उद्घाटन तुलसीपुरमा र समापन घोराहीमा हुने छ । प्रतियोगिताको उद्घाटन खेल माघ २ गते मध्यपश्चीममञ्चल क्षेत्रिय टिम र सशस्त्र प्रहरी बल टिमबीच तुलसीपुरमा हुनेछ भने माघ २ गते नै घोराहीमा मध्यमाञ्चल क्षेत्रिय टिम र सुदूरपश्चिमाञ्चल क्षेत्रीय टिमबीच खेल हुनेछ ।
यस्तै माघ ३ गते पूर्वाञ्चल क्षेत्रीय टिम र त्रिभुवन आर्मी क्लब टिमबीच घोराहीमा र सोही दिन पश्चिमाञ्चल क्षेत्रीय टिम र नेपाल पुलिस क्लब टिमबीच खेल हुने जिल्ला फुटबल संघ दाङले जानकारी दिएको छ । प्रतियोगिताको उपविजेता र विजेताकालागि माघ ६ गते घोराहीको भरतपुर खेल मैदानमा खेल हुने आयोजक टिमका सदस्य एवं पूर्व खेलाडी नरेन्द्र पुनले जानकारी दिए ।
यस प्रतियोगिताका लागि घोराहीको भरतपुर खेल मैदान र तुलसीपुरको अरनिको खेल मैदानलाई व्यवस्थापन गरिएको छ । मैदानको सुधार एवं व्यवस्थापनका लागि जिल्लाका फुटबल खेलाडी, पूर्व खेलाडी एवं खेलप्रेमीहरुको सक्रियतामा खेल मैदान मर्मत गरिएको छ ।
।