सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीको विकासमा लागिपर्ने सांसदको प्रतिबद्धता


काडमाडौं । कर्णाली अञ्चलबाट नवनिर्वाचित सांसदले कर्णालीको विकासका लागि आफूहरू लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौँ–कालीकोट संघीय जनसम्पर्क मञ्चले प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरूका लागि आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनीहरूले कर्णालीको विकासका लागि आफूहरू मिलेर काम गर्ने बताएका हुन् ।
नेकपा माओवादी केन्द्रका सांसद दुर्गाबहादुर रावतले सबै सांसद एकजुट भएर लागे कर्णालीको विकास चाँडै हुने बताए । उनले सरकारले कर्णाली अञ्चललाई सधैँ दोस्रो दर्जाको रुपमा हेर्ने गरेको उल्लेख गर्दै भने, ‘अब हामी आफँै नीति निर्माणको तहमा रहेकाले कर्णालीको विकासमा सबै एकजुट हुनुपर्छ ।’
नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले विकास र रोगजारीबाट पछाडि परेको कर्णालीलाई संगठितरुपमा अगाडि बढाउनुपर्ने आवश्यकता औल्याए । स्वतन्त्र सांसद छक्कबहादुर लामाले नीति निर्माण तथा कार्यान्वयन तहमा आफूहरु रहेकाले केन्द्रको मुख नताकी सबै सांसद मिलेर कर्णालीको विकास गर्ने धारणा व्यक्त गरे ।
नेकपा एमालेका सांसद गोपालबहादुर बमले कर्णालीको विकासे मुद्दामा सबै सांसद एकजुट भएर लाग्नुपर्ने बताए । नेकपा एमालेका सांसद धनबहादुर बुढाले अरुको मुख ताक्नुभन्दा अब आफँै विकास निर्माणमा लाग्नुपर्ने बेला आएको छ भन्दै उनले कर्णालीमा भएका प्राकृतिक स्रोत साधनको सही सदुपयोग गर्न सकेमात्र मात्र विकासमा सहयोग मिल्ने धारणा व्यक्त गरे । कार्यक्रममा प्रदेश सांसद जीवनबहादुर शाही, दलबहादुर रावल, दानसिंह परियार, पदम रोकाया, नरेश भण्डारी र वीरबहादुर शाहीलगायत कर्णालीको विकास सबै एकजुट भएर लाग्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २० पुष २०७४, बिहीबार ११:१६