सूचनाको शक्ति - The Power Of Information

        

आगो ताप्ने व्यवस्थालाई व्यापकता दिँदै उपमहानगर


बाँके । जाडो बढदै गएपछि आगो ताप्ने व्यवस्थालाई पनि व्यापकता दिइएको छ । आइतबारबाट घाम नलागेपछि नेपालगन्ज क्षेत्रमा शीतलहर र चिसो बढको छ भने जनजीवन कष्टकर बनेको छ । हुस्सु र कुहिरोसँगै बढेको चिसोले जनजीवन प्रभावित बनेपछि नेपालगन्ज उपमहानगरपालिकाले सोमबारदेखि नगरका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।
पाँच दिनदेखि घामको झुल्को पनि देखिएको छैन । नगरका ११ स्थानबाट शुरु गरेको आगो ताप्ने व्यवस्था अहिले १५० स्थानमा पु¥याइएको छ । नगरका एक देखि १४, १७, १८ र २० वडाका विभिन्न स्थानमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाइएको उपमहानगरपलिकाका सूचना अधिकारी शरद पौडेलले जानकारी दिए । वडाध्यक्षहरुको समन्वयमा दाउरा वितरण गरी आगो बाल्ने व्यवस्था मिलाइएको छ ।
सूचना अधिकारी पौडेलका अनुसार आवत जावत बढी हुने स्थानमा आगो बालिएको छ । जिल्ला वन पैदावर आपूर्ति समितिबाट दुई चट्टा दाउरा खरिद गरी जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा दाउरा वितरण गरिरहेको उपमहानगरपालिकाले जनाएको छ । जाडोसँगै स्थानीयवासीको माग पनि बढदै गएपछि उपमहानगरपालिकालाई दाउरा पु¥याउन धौधौ भइरहेको छ । अत्यधिक चिसोले मजदुर, यात्रु, वद्ध वृद्धा, बालबालिकालाई विशेष असर पु¥याइरहेको छ ।

प्रकाशित मिति : २० पुष २०७४, बिहीबार ११:०९