सूचनाको शक्ति - The Power Of Information

        

सूचना विभागको घुम्ती शिविर पुस २३ देखि बुटवलमा


बुटवल । सूचना विभागको आयोजना र नेपाल पत्रकार महासंघ रुपन्देहीको संयोजनमा बुटवलमा अन्तरक्रिया तथा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण गर्न घुम्ती शिविर संचालन हुने भएको छ । यही पुस २२ गते नेपाल पत्रकार महासंघ रुपन्देहीको सभाहलमा पत्रकार अन्तरक्रिया तथा २३ र २४ गते प्रेस प्रतिनिधि प्रमाणपत्र वितरणका लागि घुम्ती शिविर सञ्चालन गर्ने भएको हो ।
महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीको अध्यक्षतामा पत्रकार महासंघ रुपन्देहीको सचिवालय बैठकले सूचना विभागबाट प्रदान गरिदै आएको प्रेस पासलाई सञ्चार प्रतिष्ठान तथा पत्रकारलाई स्थानीयस्तरमा सहजताका लागि शिविर गर्न लागिएको सचिव रामप्रसाद आचार्यद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
अन्तरक्रियामा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य, सूचना विभागका महानिर्देशक वीरबहादुर राई लगायत सहभागी हुने कार्यक्रम रहेको विज्ञप्तीमा उल्लेख छ । साथै बैठकले महासंघ रुपन्देहीका सदस्यहरुको सदस्यता नविकरण पनि गर्ने निर्णय गरेको छ । महासंघ रुपन्देहीले सूचना विभागको प्रेस प्रतिनिधि प्रमाणपत्र बनाउन तथा नविकरण गर्न बुटवलमा शिविरको व्यवस्थापन गर्नेछ ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले सूचना विभागको प्रेस प्रतिनिधि प्रमाणपत्र बनाउन तथा नविकरण गर्नका लागि बुटवलमा शिविरको व्यवस्थापन गर्नेछ । प्रेस प्रतिनिधि प्रमाणपत्र विना पत्रकार दुर्घटना बीमाको काम रोकिएकाले सबै पत्रकारहरुलाई अनिवार्य नवीकरण गर्न तथा प्रमाणपत्र नभएकोलाई नयाँ बनाउन महासंघ रुपन्देहका अध्यक्ष यानेन्द्र जीसीले आग्रह गर्दै छिमेकी जिल्लाका सबै पत्रकारहरुलाई सो शिविरबाट लाभ उठाउन समेत अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २० पुष २०७४, बिहीबार ११:०१