सूचनाको शक्ति - The Power Of Information

        

उडिरहेको प्लेनको ककपिटभित्र पाइलटको झगडा !


नयाँ दिल्ली । लन्डन–मुम्बई फ्लाइटका दौरान ककपिटभित्रै झगडा गरेवापत दुई सिनियर चालक दलका सदस्यलाई जेट एयरवेजले ग्राउन्डेड गरेको छ । कोपाइलट रहेका कमान्डरले विमानमा रहेकी महिला कमान्डरलाई फ्लाइटका क्रममा चड्कन लगाएका थिए ।
महिला पाइलटले चड्कनपछि ककपिट छाडेकी थिइन् । उनलाई पछि अनुरोध गरेर मुस्किलले ककपिटमा फिर्ता लगिएको थियो । तर केही क्षणमै उनी बाहिरिइन् । फ्लाइटमा रहेका क्याबिन क्रु घनाले आत्तिएका थिए किनभने गन्तव्यसम्म यात्रा पुर्याउन सकिने हो या होइन भन्नेमा शंका पैदा भएको थियो । धन्न, विमान सकुशल नै उत्रियो ।
नागरिक उड्ययनले पुरुष पाइलटको लाइसेन्स सस्पेन्ड गरेको छ भने छानविन सुरु गरेको छ । जेट एयरवेजको कल साइन ९ डब्लु ११९ रहेको बोइङ ७७७ मा यस्तो घटना भएको हो । ३२४ यात्रु र १४ क्रु मेम्बर रहेको विमान ९ घन्टाको यात्रामा थियो ।

प्रकाशित मिति : २० पुष २०७४, बिहीबार ०९:५८