सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा प्रीत ट्रयाक्टरको रोड शो


बाँके । प्रीत ट्रयाक्टरको आधिकारिक विक्रेता युनाइटेड मोटर्स सप्लायर्स प्रालिले बिहीबारदेखि एकसाता लामो रोड शो सुरु गरेको छ । युनाइटेड मोटर्स सप्लायर्स प्रालिका सञ्चालक हिमांसु यादवका अनुसार प्रीत ट्रयाक्टर खरिदमा विभिन्न उपहारहरु पनि सार्वजनीक गरिएको छ ।
अन्य कम्पनीका ट्रयाक्टरभन्दा लिफ्टिङ क्षमता बढी भएको दावी गर्ने प्रीत ट्रयाक्टर खरिद गर्ने किसानलाई १२५ सिसीको बजाज मोटरसाइकल, एक थान कट्ली, २ हजार लिटर डिजेल, एइडी टेलिभिजन, एक वर्षको कर र बीमा सुविधा जस्ता उपहारहरु ल्याएको छ ।


किसानले रोजेर यी उपहारहरु पाउने सञ्चालक यादवले बताए । यादवका अनुसार भारतमा राष्ट्रिय अवार्ड जित्न सफल प्रीत ट्रयाक्टरको खिचाई क्षमता अन्यको भन्दा बढि रहेको छ । साथै पिटिओ सापट एडजस्टमेन्ट गर्न सकिने प्रीत ट्रयाक्टरमा इन्टरलक सिस्टम रहेको छ ।
कम्पनीका कन्ट्री हेड प्रकाशसिंह राठौरका अनुसार आयल ब्रेक सिस्टम र अत्याधुनिक करारो गियर बक्सका साथै साइड गियर भएकोले प्रीत ट्रयाक्टर खरिद गर्ने किसानहरुका लागि विभिन्न उपहारहरु ल्याइएको हो । अगाडिको भागमा १३० केजी तौल रहेकोले अगडिको भाग नउठ्ने राठौरले बताए ।
विश्वसनीय वारेन्टीका साथ सजिलो सर्भिसिङ सेवा र सजिलै पार्टसहरु पाइने तथा अरुभन्दा धेरै विशेषता प्रीत ट्रयाक्टरमा रहेको कन्ट्री हेड राठौरले बताए । ३५ देखि ९० हर्ष पावरमा उपलब्ध रहेकोले किसानहरुलाई ढुक्कका साथ प्रीत ट्रयाक्टर खरिद गर्न कम्पनीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २० पुष २०७४, बिहीबार ०८:२७