काठमाडौं । नायिका बर्षा सिवाकोटी पहिलेपहिले डिजाइनरको पहिरनमा खासै ध्यान दिन्थिनन् । नायिकाहरु, बुटिक धाउदा पनि बर्षा आफ्नै रोजाइका पहिरन लगाइरहेकी थिइन् । तर, अब उनी डिजाइनर र बुटिकमा बढी जान थालेकी छिन् । यसको पछाडिको मुख्यकारण हो, बर्षा को सार्वजनिक कार्यक्रममा बढ्दो उपस्थिती । बर्षा भन्छिन्, ‘पहिले म कार्यक्रममा कम जाने भएकाले आफ्नै रोजाइका पहिरन लगाउथ्यँ । तर, अहिले सार्वजनिक कार्यक्रममा बढी पुग्न थालेकी छु, यसैले डिजाइनरहरुको सल्लाहा लिन थालेकी छु । उहाँहरुले सल्लाहा दिए अनुसारका सुहाउने पहिरन मेरो रोजाइ बन्न थालेका छन् ।’ बर्षा समय अनुसार पहिरनमा ध्यान दिन आवश्यक रहेको बताउँछिन् ।
झन् नायिका भैसकेपछि यो कुरामा अझ बढी ध्यान दिनुपर्ने उनको भनाई छ । दर्शकले फेसन स्टाइल नै कलाकारबाट सिक्ने भएकाले पनि पहिरन विशेष लगाउनुपर्ने उनको भनाई छ । बर्षा आफूले पहिरनमा ध्यान दिन नसकेको स्विकार गर्छिन् । आफ्नो सबैभन्दा धेरै खर्च नै कपडामा हुने भन्दै उनले कहिलेकाही अचानक कार्यक्रममा पुग्नुपर्दा कपडा रोज्न नसकिने उनको अनुभव छ । उनले, कुनै कार्यक्रममा जानु अगाडि आफ्नो दिमागमा पहिरन भन्दा पनि सो कार्यक्रम प्राथमिकतामा पर्ने बताइन् । तपाई बोल्ड कि ब्यूटी भन्ने प्रश्नमा उनले भनिन्, ‘यो त दर्शकहरुले भन्ने कुराहो । तर म आत्मविश्वास र सरलतामा बढी विश्वास गर्छु ।’ चलचित्र ‘भैरे’को छायांकन सकेर मुस्ताङबाट केहि समय अगाडि मात्र फर्किएकी उनी म्यूजिक भिडियोमा पनि व्यस्त छिन् ।
।