सूचनाको शक्ति - The Power Of Information

        

महोत्सवै महोत्सवको सहर पोखरा


कास्कीको पोखरालाई महोत्सवै महोत्सवको सहरको रुपमा चिनिन्छ । हरेक वर्ष यहाँ एकपछि अर्को महोत्सव भैरहेका हुन्छन् । पोखरालाइ एउटा विकसित वा सभ्य पर्यटकिय शहरको रुपमा बिश्वले चिन्ने गर्छ, हरेक वर्षजस्तै यो वर्ष पनि रेष्टुराँ एण्ड बार एशोसियन रेवानले अङगे्रजी नयाँ वर्षको स्वागतसँगै १९ औं सडक महोत्सव मनाइसकेको छ । ५ दिनसम्म रोड नै कब्जा गरी सञ्चालन भएको यस महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन मद्दत गर्छ भन्ने उद्देश्यले प्रत्येक वर्ष सडक महोत्सव मनाउने गरिन्छ । यस महोत्सवले बाह्य मात्रै नभइ आन्तिरिक पर्यटक पनि भित्र्याउन सकिन्छ ।
नेपालको पर्यटन क्षेत्रमा यस मौसमलाई अफसिजन मानिन्छ यस्तो बेलामा पर्यटकलाइ आर्कषित गर्ने यो नै प्रमुख आधार भएको स्थानीय तथा पर्यटन ब्यवसायीहरुको दावी छ । पोखरामा हुने अन्य महोत्सवभन्दा यो महोत्सव केही फरक खालको छ । यसपछि यहि पुस २७ गतेबाट माघ ८ गतेसम्म आठौ महोत्सव पोखरा हुने भएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा हुने उक्त महोत्सवको आफ्नै बिशेषता छ । देशको कला संस्कृति, भेषभुषा संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धितर्फ अग्रसर बनाउने उद्देश्य रहेको क्लवको दावी छ ।
त्यसैगरी उद्योग ब्यवसायको प्रवद्र्धन गर्न यहि पुस २७ देखि माघ ८ मा नैं अर्को राष्ट्रिय औद्योगिक ब्यापार मेला हुँदैछ । नेपालमा उत्पादित बस्तु र सेवाहरुको प्रदर्शनी तथा बिक्रीले उद्यमशीलता चाहने महानुभावहरुलाई प्रेरणा मिल्ने र नेपाली उत्पादनप्रति जनचासो बढने राष्ट्रिय औद्योगिक ब्यापार मेलाको उद्देश्य रहेको बताइन्छ । हरेक वर्ष फरकफरक समयमा हुने पोखरा महोत्सव र राष्ट्रिय औद्योगिक ब्यापार मेला भने यसपटक एकै समयमा हुने भएका छन् । यसैगरी अर्को एउटा आकर्षक महोत्सव लेखनाथ महोत्सव हो । यसले पनि स्थानीय उत्पादन पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन मद्दत गर्ने स्थानीय नागरिक तथा आयोजकको भनाइ छ ।
स्थानीय उत्पादन प्रवद्र्धन होस् वा पर्यटक आर्कषकका लागी होस् बिभिन्न नाममा यसवर्ष पनि पोखरामका महोत्सव भइरहेका छन् । यसरी गरिने महोत्सव के कति फलदायी छन् वा आयोजक यसबाट कति सन्तुष्ट छन् वा जुन उद्देश्यले महोत्सव गरिन्छ त्यो पुरा हुन सकेको छ कि छैन ? भन्ने चासोको बिषय हो । यसतर्फ ध्यान केन्द्रित अति आवश्यक छ । यसरी गरिने महोत्सव कत्तिको फलदायी भयो वा भएन ? भएन भने किन भएन ? र अर्को पटक कसरी गर्ने ? महोत्सवमा के नयाँ दिने ? अरुले भन्दा के फरक दिने ? भन्नेतिर महोत्सव आयोजकहरुले ध्यान दिने कि ?

प्रकाशित मिति : १८ पुष २०७४, मंगलवार ०६:५०