सूचनाको शक्ति - The Power Of Information

        

मधेसका आठ जिल्लामा भोलि मतदान

काठमाडौं– अन्तिम चरणमा गर्न लागिएको प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनका लागि मतदाताहरु मतदानमार्फत आफुले रोजेको प्रतिनिधिलाई निर्वाचित गर्न आतुर भएका छन् । अवको केही घण्टापछि हुने मतदानका लागि निर्वाचन आयोगले सम्पुर्ण तयारी पुरा भैसकेको जनाएको छ । उसले आज बेलुकासम्म मतदाता परिचयपत्र समेत वितरण गरिसक्ने जनाएको छ । आयोगले निर्वाचनस्थल तथा मतदानकेन्द्रमार्फत परिचयपत्र बितरण भैरहेको जनाएको छ । मधेसका ८ जिल्लामा २६ लाख ६४ हजार ९५० मतदाता रहेका छन् । एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी यो प्रदेशमा १३६ स्थानीय तहमा निार्वचन हुदैछ । निर्वाचन आयोगकाअनुसार २ नम्बर प्रदेश अन्तर्गतको ८ जिल्लामा २ हजार १६६ मतदानस्थल र ३ हजार ५७८ मतदान केन्द्र तय गरिएको छ । त्यस्तै चुनाव गराउन ३१ हजार पाँच सय कर्मचारी खटिएका छन् ।
यो प्रदेशमा जिल्लागत रुपमा हेर्दा सप्तरीमा १८ स्थानीय तह, १६४ वडा, २९५ मतदानस्थल, ४६२ मतदान केन्द्र र तीन लाख ३१ हजार ६७९ मतदाता रहेका छन् । त्यस्तै सिरहामा १७ स्थानीय तह, १६४ वडा, २२१ मतदानस्थल, ४३१ मतदान केन्द्र र तीन लाख ३२ हजार ८९५ मतदाता छन् । त्यसैगरी धनुषामा १८ स्थानीय तह, १६९ वडा, ३२७ मतदानस्थल, ५३२ मतदान केन्द्र र तीन लाख ८९ हजार ३९१ मतदाता छन् । महोत्तरीमा १५ स्थानीय तह, १३८ वडा, २५८ मतदानस्थल, ४१५ मतदान केन्द्र र तीन लाख ८ हजार ४०९ मतदाता छन् । सर्लाहीमा २० स्थानीय तह, २०० वडा, ३१८ मतदानस्थल, ५०१ मतदान केन्द्र र ३ लाख ६६ हजार ६०० सय मतदाता छन् । रौतहटमा १८ स्थानीय तह, १५७ वडा, २७७ मतदान स्थल, ४३४ मतदान केन्द्र र ३ लाख २१ हजार १८ मतदाता छन् । बारामा १६ स्थानीय तह, १६७ वडा, ३०३ मतदान स्थल, ४५८ मतदान केन्द्र र तीन लाख ३४ हजार सात सय ४६ मतदाता छन् । पर्सामा १४ स्थानीय तह, ११२ वडा, १६७ मतदान स्थल, ३४४ मतदान केन्द्र र २ लाख ८० हजार २१२ मतदाता छन् । निर्वाचन आयोगले असोज २ गते विहान ७ बजेबाट बेलुका ५ बजेसम्म मतदानको समय तोकेको छ । आयोगले भोलिबाटै मतगणना सुरु गर्ने र ५ दिनभित्र गणना गरिसक्ने जनाएको छ ।

प्रकाशित मिति : ६ पुष २०७४, बिहीबार ०४:३०