कञ्चनपुर । पछिल्लो समय विश्व भरिनै महिला जागरुकताले वाहवाही पाइरहेका बेला नेपालका महिलाह्रु पनि आफ्नो अधिकार तथा मुलुक सञ्चालनमा आफ्नो हिस्सा खोज्न थालेको कसैबाट लुकेको छैन । कतिपय मुद्धाहरुमा महिलाहरुको आवाज गाउँदेखी शहरसम्म बुलन्द हुनथालेपछि सरकारले समेत घुँडा टेक्नु परेको नजिर मुलुकले अनुभव गरिसकेको छ ।
महिलाको आवाजमा एकरुपता आएकोले नै उनीहरुको प्रतिनिधित्वलाई संविधानले समेत व्यवस्था गरिदिएको छ। फलसरुप नेपाली राजनीतिमा महिलाहरुको बाक्लो उपस्थितीको व्यवस्था गरिएको छ र परिआएको बेलामा महिलाहरुले पुरुष सासकहरुलाई तह लगाउन सक्ने क्षमता समेत नेपाली महिला नेतृहरुले प्रस्तुत गरिसेका छन् ।
महिला एकतालाई यथावत राख्दै कञ्चनपुर भीमदत्त नगरपालिका एठपुरस्थित शान्ति टोलका महिलाहरु अहिले प्रशासनलाई तह लगाउन अगाडि बढेका छन् । उनीहरुले सडक कालोपत्र गर्नुपर्ने माग राखेर सडक नै बन्द गरिदिएका छन् । बर्षातको बेला हिलाम्मे र अरुबेला धुलाम्मे भएपछि स्थानीय महिलाहरु सडक कालोपत्र गनुपर्ने माग गर्न थालेका हुन् । रासस
।