सूचनाको शक्ति - The Power Of Information

        

आभा मुकारुङले ल्याइन् ‘बहाव’

काठमाडौं । कता हिँडेको’, ‘काली पारे दाइ हो’ जस्ता लोकप्रिय गीतकी गायिका आभा मुकारुङ तेस्रो एकल एल्बम ‘बहाव’ लिएर आएकी छिन् । एल्बममा ११ वटा गीत छन् ।
आनन्द अधिकारी, नरदेवी राई, शिमुरा, सुरेश शाही, बुद्धि मोक्तान, राई नविन, राजकुमार राई, डिपी खनाल र मुकेश राईको शब्द रहेका गीतहरुमा अर्जुन कौशल, बालन्द राई, राई नविन, पविधन खालिङ, सन्तोष दुमी राई, धनु ग्याङ्मी र हेमन्त चेम्जोङले संगीत भरेका छन् । यस्तै, संगीत संयोजन सचिन सिं, फनिन्द्र राई, अर्जुन कौशल, नोर्बु शेर्पा, उदयराज पौडेल र विश्व अधिकारीले गरेका छन् ।
दुई गीतमा गायिका आफैंले संगीत भरेकी छिन् भने एउटा युगल गीतको गायनमा हेमन्त चेम्जोङले साथ दिएका छन् । गायिका मुकारुङले एल्बम बिक्रीवापतको ५० प्रतिशत रकम संगीतकर्मीहरुको सहयोगमा खर्च गर्ने बताएकी छिन् । ‘यसअघि आभाको ‘आभा’ (०६२) र ‘सौम्य’ (०५९) सार्वजनिक भइसकेका छन् । ‘बहाव’मा समाविष्ट ‘आमा’, ‘सोझो बाटो’ र ‘फूल होइन’ बोलको गीतको भिडियो पनि सार्वजनिक भइसकेको छ । एल्बमलाई अलग आर्ट हबले ल्याएको हो ।

प्रकाशित मिति : १० पुष २०७४, सोमबार ०८:४८