सूचनाको शक्ति - The Power Of Information

        

कसरी राम्री बन्छिन् केकी ?


नेपाली सिनेमा क्षेत्रमा बौद्धिक अभिनेत्रीहरु कम छन् । अभिनय र समाजलाई राम्ररी बुझेर आएका अभिनेत्रीहरु औलामा गन्न सकिने मात्रै छ । ती मध्येकी एक हु्न्, अभिनेत्री केकी अधिकारी । केकीले म्युजिक भिडियो, टेलिभिजन विज्ञापन तथा आधा दर्जन नेपाली चलचित्रमा काम गरीसकेकी छिन् । उनले नेपाली सिनेमा क्षेत्रमा प्रवेश गर्नु पूर्व विभिन्न म्युजिक भिडियोमा काम गरेकी थिइन् । उनले आफ्नो चलचित्र पदार्पण स्वर चलचित्रबाट गरेकी थिइन् । उनले अभिनय गरेका चलचित्रहरु आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, बितेका पल तथा हालै प्रदर्शित भएको मेरो बेस्ट फ्रेन्डमा बलियो अभिनयले सबैको ध्यान आकर्षित गरेकी छिन् ।
केकी अधिकारीले मानब संसाधन ब्यबस्थापनमा केअफए बिजनेस स्कुलबाट २०१६ मा डिग्री हासिल गरेकी हुन् । उनले स्नातक तह २०१३ मा त्रिभुवन युनिभर्सिटी बाट पास गरेकी हुन् । केकीले बाल सिरिजनालय स्कुल, काठमाडौँ बाट एसएलसी पास गरेकी हुन् । उनले प्रमाणपत्र तह ह्वाइटहाउस कलेज बाट गरेकी हुन्। बौद्धिक सुन्दरतासँगै शारिरिक रुपमा पनि उनी उत्तिकै सुन्दर छिन् । केकीले अभिनय गरेकी चलचित्र ‘राज्जा रानी’ पौष २१ गतेबाट रिलिज हुन लागेको छ ।

प्रकाशित मिति : १० पुष २०७४, सोमबार ०८:०३