सूचनाको शक्ति - The Power Of Information

        

हात्तीले टावर ढालेपछि तीन दिनदेखि पश्चिमका १६ जिल्लामा विद्युत आपूर्ति बन्द

बाँके । बाँके राष्ट्रिय निकुञ्जका हात्तीको समूहले शम्शेरगन्जस्थित विद्युत प्रसारणको टावर ढालेपछि तीन दिनदेखि विद्युत आपूर्ति बन्द भएको छ । टावर ढालेपछि बाँकेदेखि पश्चिमका १६ जिल्लामा आपूर्ति अवरुद्ध भएको हो ।
हात्तीको आक्रमणबाट ४८५ नम्बरको टावर क्षतिग्रस्त भएको छ । विद्युत प्रवाह हु्ने १३२ केभीका सवस्टेशनहरु लालपुर, अत्तरिया, पहलमानपुर, भुरिगाउँ र कोहलपुरबाट आपूर्ति भएको छैन । आपूर्तिमा अवरोध हुँदा दैनिक ७ घण्टा लोडसेडिङ भइरहेको नेपाल विद्युत प्राधिकरण नेपालगन्जका प्रमुख उमेशकुमार झाले बताए ।
झाका अनुसार आपूर्ति समस्याको असर नेपालगन्जमा समेत परेको छ । राष्ट्रिय प्रसारणबाट पश्चिममा खपत हुने ३० मेघावाट विद्युत बन्द भएको हो । टनकपुर ससबस्टेशन भएर भारतबाट आयात हुने विद्युतमात्र अहिले वितरण भइरहेको छ । मागभन्दा १५ मेगावाट कम आपूर्ति भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १० पुष २०७४, सोमबार ०५:००