रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता विश्वप्रकाश शर्माले कांग्रेसलाइ राष्ट्रब्यापी रुपमा बलियो बनाउन सहि उपचार जरुरी रहेको बताएका छन् । कांग्रेस बुटवल नगर समितिले आज बुटवलमा आयोजना गरेको कार्यकता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले भने, ‘यसपटकको निर्वाचनमा कांग्रेस मात्र हारेको हो, तर कांग्रेसको विचारले जितेको छ ।’
अब गम्भीर आत्मसमीक्षा नगरी अघिबढेमा कांग्रेस इतिहास पुस्तकमा खोज्नुपर्ने अवस्था आउने उनको चेतावनी छ । कांग्रेसका युवा नेतासमेत रहेका शर्माले पार्टीको कपालको रौंदेखि खुट्टाको बुढी औंलासम्म कमजोरी रहेकोले राष्ट्रव्यारी रूपमा कांग्रेस बदल्न आवश्यक रहेको औंल्याए ।
शर्माले पार्टीमा आमूल परिवर्तन जरूरी रहेको भन्दै पार्टी विस्तार नभई व्यवस्थापन आवश्यक रहेको तर्क राखे । उनले चुनाव हार्दैमा पार्टी नसकिने भन्दै अब फुटबल हारेको टीमजस्तो चुनाव हारेर कांग्रेस नबस्ने उल्लेख समेत गरे कांग्रेसको रूखलाई जरामा पानी हाल्नुपर्ने बेला आएको उनको निश्कर्ष छ ।
कांग्रेसको चुनाबी परिणामबाट कोहि पनि आत्तिनुपर्ने अवस्था नरहेको भन्दै उनले बाम गठबन्धनलाई पनि चुनावी नतिजामा बढि नहौसिन आग्रह गरे ।उनले आजै रुपन्देहीका २ वटा कार्यक्रममा सहभागिता जनाए । नगर सभापति खेलराज पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रमको संचाmन नगर सचिव ज्योति भण्डारीले गरेका थिए ।
।