सूचनाको शक्ति - The Power Of Information

        

मृतक म्यादी प्रहरी ऐडीको परिवारलाई २५ लाख दिइने


काठमाडौं । प्रहरीको गोली लागि मृत्यु भएका म्यादी प्रहरी विवेक ऐडीको परिवारलाई २५ लाख क्षतिपूर्ति दिइने भएको छ । विना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीको पहलमा सरकारले १० लाख क्षतिपूर्ती दिने निर्णय गरेको हो । बाँकी १५ लाख म्यादी प्रहरी हुँदा गरिएको बिमाबाट दिईने छ ।
मन्त्री शाहीले गृह मन्त्रालयलाई क्षतिपूर्ती रकम दिने निर्णय गर्न दबाब दिएका थिए । उनले छानबीन समिति गठन गरि मृतक ऐडिलाई शहीद घोषणा गर्न पनि दबाब दिएका छन् । मन्त्री शाहीको निरन्तरको दबाबपछि गृहमन्त्रालयले छानबीन समिति पनि गठन गरेको गृहमन्त्रालयका प्रबक्ता नारायणप्रसाद शर्मा दुवाडीले जानकारी दिए ।
दुवाडीका अनुसार प्रधानमन्त्रीस्तरको निर्णयबाट गृहले चार सदस्यीय छानविन समिति गठन गरेको हो । समितीमा गृह मन्त्रालयका सहसचिव डा मानबहादुर विक, प्रहरी नायव महानिरीक्षक रमेश खरेल, सशस्त्र प्रहरीका नायव महानिरीक्षक प्रविण श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक लक्ष्मण गुरुङ छन् । सात दिनभित्र प्रतिवेदन बुझाउने गरि समिति गठन गरिएको प्रबक्ता दुवाडीले बताए । घटनामा घाइते भएकाहरुको पनि निःशुल्क उपचार गरिने भएको छ ।

प्रकाशित मिति : ९ पुष २०७४, आइतवार ०८:०३