
दिपा धिताल
बादलभित्र जून तारा देख्नुहुन्छ हजुरले
त्यतै कतै मलाई पनि भेट्नुहुन्छ हजुरले ।
उजेली त्यो चन्द्रमा रोइरहेको बेला पनि
खुशी हुँदै कविता नि लेख्नुहुन्छ हजुरले ।
जब हृदय नै तानेर लग्नुभयो जबर्जस्ती
मनै मनको गल्लि फेरी,टेक्नुहुन्छ हजुरले ।
स्निग्धता छरेर हिँड्नुभयो कहाँ कहाँ
बिना ताप शब्दहरू सेक्नुहुन्छ हजुरले ।
प्रेम छरी डाक्नुभयो गगनमा पर्खिरहे
किन जून हत्केलाले छेक्नुहुन्छ हजुरले ।
।