सूचनाको शक्ति - The Power Of Information

        

कालीकोट घटना छानविन गर्न समिति, मृतकका परिवारलाई १० लाख दिइने


कालिकोट । प्रहरीको गोलीबाट म्यादी प्रहरीको मृत्यु भएको कालीकोट घटनाबारे छानविन गर्न समिति गठन गरेको छ । साथै मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीस्तरको निर्णयबाट शनिबार चार सदस्यीय छानविन समिति गठन गरेको हो ।
गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विकको संयोजकत्वमा गठित समितिमा प्रहरी नायव महानिरीक्षक रमेश खरेल, सशस्त्र प्रहरीका नायव महानिरीक्षक प्रविण श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक लक्ष्मण गुरुङ छन् । समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । साथै मृतक विवेक ऐडीको परिवारलाई राहत स्वरुप १० लाख उपलब्ध गराउने निर्णय भएको छ । घटनामा घाइते भएकाहरुको निःशुल्क उपचार गराइने पनि गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ पुष २०७४, आइतवार ०४:२१