सूचनाको शक्ति - The Power Of Information

        

प्रेस स्वतन्त्रता सेनानी रामगोपाल बैष्यको निधन


बाँके । नेपालगन्जका बरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी रामगोपा बैष्यको ७४ वर्षको उमेरमा निधन भएको छ । केही समययता प्रोस्टेट गल्याण्डको क्यान्सरबाट पीडित रहेका वरिष्ठ पत्रकार बैश्यको शुक्रबार राती ११ बजे आफ्नै निवासमा निधन भएको हो ।
२०२६ सालदेखि बर्दियाबाट पत्रकारिता थालेका स्वर्गीय वैष्यले राष्ट्रपुकार, चेतना साप्ताहिक बीबीसी मा समेत काम गरेका थिए । शंखनाद साप्ताहिकका प्रकाशक सम्पादकसमेत रहेका उनको त्रिभुवन चोक बोल्छ भन्ने स्तम्भ निक्कै चर्चित छ ।
६ छोरा, एक छोरी र श्रीमतीसहित रानीतलाउ नजिकैको आफ्नो निवासमा बस्दै आएका बैष्यको हिन्दू परम्परा अनुसार बुलबुलियामा अन्तिम संस्कार गरिएको छ ।
यसैबीच, नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रेस स्वतन्त्रता सेनानी रामगोपाल बैश्यको निधनप्रति गहिरो दुःख ब्यक्त गरेका छन् । सचिव भट्टराईले बैश्यका छोरा अजय गुप्तालाई शनिबार बिहान टेलीफोन गरी वैश्यको निधनमा गहिरो दुःख ब्यक्त गरेका हुन् ।
उनले प्रेस स्वतन्त्रता सेनानी बैश्यको निधनबाट नेपाली पत्रकारिताले एक कुसल अभिभावक गुमाएको भन्दै आफु र आफु सम्वद्ध पार्टी एमालेको तर्फबाट संमवेदना समेत प्रकट गरे । एमाले सचिव भट्टराईले गत फागुनमा बैश्यको नेपालगन्जस्थित निवासमा पुगेर स्वास्थ्य लाभको कामना गरेका थिए ।
यस्तै नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सेन्टर लगायतका संघसंस्थाले शोक वक्तव्य जारी गर्दै वैश्यको निधनले पत्रकारिता क्षेत्रले एक कुसल, निर्भिक र अनुभवी पत्रकार गुमाएको बताएका छन् ।

प्रकाशित मिति : ८ पुष २०७४, शनिबार ०९:१९