सूचनाको शक्ति - The Power Of Information

        

‘बालविवाह अन्त्य संकल्प’ अभियान (फोटोफिचर)


बाँके । ‘छोरीका निम्ति स्वर्णिम नेपाल महाअभियान’ अन्तर्गत ‘बालविवाह अन्त्य संकल्प’ बाँकेमा पनि शुक्रबारदेखि सुरु गरिएको छ । अभियानकर्मीद्वय नायिका रेखा थापा र नरबहादुर कार्कीको अगुवाइमा थालिएको सो अभियानलाई स्थानीय तहका नागरिक समाजका अगुवाले पनि सघाएका छन् । जिल्लामा सो अभियानमा लायन्स क्लब अफ नेपाल डिष्ट्रिक्ट ३२५ बी का गभर्नर मधुसूदन शर्मा, पूर्वगभर्नर सेम शाक्य, बी ग्रुपका गोपालनाथ योगी, महिला अधिकारकर्मी ऋचा लुइँटेल लगायतले व्यक्तिगत रुपमा सहयोग गरेका छन् ।
अभियानअन्तर्गत आयोजित खुला जनसभामा सहभागी विद्यालय र कलेजस्तरका विद्यार्थीका लागि बाल विवाहबाट उत्पन्न हुने समस्या र त्यसले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावका विषयमा जानकारी दिइएको थियो । थापा र कार्कीले कुनै सहयोगी संस्थाका सहयोग नलिएर सबैको साझा अभियानका रुपमा कार्यक्रम सञ्चालन गरिने बताए । उनीहरुका अनुसार नेपालमा हाल ३७ प्रतिशत छोरीको विवाह १८ वर्ष उमेर नपुग्दै र १० प्रतिशत छोरीको विवाह १५ वर्ष उमेर नपुग्दै हुने गरेको छ ।

प्रकाशित मिति : ८ पुष २०७४, शनिबार ०२:५८