सूचनाको शक्ति - The Power Of Information

        

बुटवललाई प्रदेश राजधानी नबनाए आन्दोलन : पौडेल


बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले बुटवललाई प्रदेश ५ को राजधानी नबनाए आन्दोलन चर्काउने चेतावनी दिएका छन् । उनले प्रदेश न ५ को राजधानी बुटवल नै बनाउनुपर्ने भन्दै अन्यथा भए अखण्ड लुम्बिनीको जस्तै आन्दोलन चर्किने चेतावनी दिए ।
बिहीबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन कार्यक्रममा पौडेलले भने, ‘बुटवल बाहेक अन्यथा निर्णय हुने सुनिएको छ, यसो भए हामी सडकमा उत्रिन्छौं ।’ प्रदर्शनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । प्रदर्शनीमा ६ लाख बढी दर्शक ल्याउने र ५ करोड बढीको ब्यापार गर्ने आयोजक रुपन्देही उद्योग संघको लक्ष्य छ ।

प्रकाशित मिति : ७ पुष २०७४, शुक्रबार ०४:३३