सूचनाको शक्ति - The Power Of Information

        

‘माघी रे’ बोलको भिडियो सार्वजनिक


बाँके । थारु समुदायको महान पर्व माघी नजिकिँदै गर्दा थारु भाषाको म्युजिक भिडियो धमाधम सार्वजनिक भैरहेको छ । माघी पर्वलाई लक्षित गरि भर्खरै थारु भाषाको माघी रे भन्ने बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
थारु समुदायको नयाँ बर्ष अर्थात महान पर्व माघीको अवसरमा रहेको माघी रे माघी रे रंगिल माघी रे नाचो नाचो कम्मर लचकाके भन्ने बोलको गीत सार्वजनिक भएको हो ।
अहिलेका चर्चित थारु मोडेल विवश चौधरी, सरोज चौधरी, सृजना चौधरी र छमी चौधरीको प्रमुख भूमिका रहेको माघी रे बोलको गीतमा गायक अनिरुद्र चौधरीले स्वर दिएका छन् ।
गीतको शव्द संगीत अनिरुद्र चौधरीकै रहेको छ भने एरेन्जर केशव बडुले दिएका छन् । माघी रे बोलको गितको छायाङकन चेतन चौधरीले गरेका छन् भने गीतको सुटिङ बर्दियाको बारबर्दिया वेलभार भन्ने गाउँमा गरिएको मोडेल विवश चौधरीले जानकारी गराए ।
मोडेल विवशले दुई दर्जनबढि चर्चित गीतमा मोडलिङग गरिसकेका छन् । थारु भाषाको गीतमा नाम कमाइसकेका विवश चौधरी कलाकारको रुपमा परिचित भैसकेका छन् । माघी रे बोलको गीतले माघ महिनामा तहल्का मच्चाउने कलाकार विवशको भनाई छ ।

प्रकाशित मिति : ६ पुष २०७४, बिहीबार ११:३८