
काठमाडौं । पौष २८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मिस्टर झोले’ले दर्शकलाई हसाँउने कुरामा दुइमत छैन । रामबाबु गुरुङ निर्देशित चलचित्रलाई लिएर यसका कलाकार पनि उत्साहित छन् । रौनकविक्रम कँडेल कार्यकारी निर्माता रहेको चलचित्रलाई टेकेन खड्काले निर्माण गरेका हुन् ।
चलचित्रमा दयाहाङ राई, बर्षा राउत, दीया पुन, वुद्दि तामाङ, बिजय बराल, कमलमणि नेपाल लगायतको अभिनय छ । चलचित्रमा दया र दियाको जोडीलाई देखाइएको छ भने बर्षाले बुद्दिसँग रोमान्स गरेकी छिन् । चलचित्रमा समावेश ‘ओखती’ बोलको गीत हिट भैसकेको छ । सार्वजनिक ट्रेलरले पनि दर्शकको मन जितेको छ । निर्माता टेकेन खड्का चलचित्रले दर्शकको मन जित्नेमा ढुक्क रहेको बताउँछन् ।


।