बाँके । प्रदेश ५ को समानुपातिकमा ५ दलले मात्र सिट पाउने भएका छन् । एमालेले सबैभन्दा बढी २८ सिट पाउने भएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश ५ को समानुपातिकतर्फको गणना शनिबार सकिएको छ ।
एमालेले ५ लाख ३३ हजार ६१३ मत पाएको छ भने कांग्रेसले ५ लाख ३० हजार ८४४ र माओवादीले २ लाख ३९ हजार २८१ मत पाएको छ । यस्तै संघीय समाजवादी फोरमले ७८ हजार ५६७ र राजपाले ५४११० मत पाएको छ । प्रदेशसभामा १.५ प्रतिशतको थ्रेस होल्ड छ ।
आयोगले समानुपातिकमा कुन दलले कति सिट पाए भन्ने जानकारी दिएको छैन । तर, सेन्ट लग मेथडका आधारमा एमाले र कांग्रेसले समान १३–१३ सिट पाउने देखिन्छ । माओवादीले ६ र फोरमले २ सिट पाउँदा राजपाले एक सिट पाउने देखिन्छ ।
प्रत्यक्षतर्फ एमालेले २८ र माओवादीले ७ सिट जितेको छ । प्रदेश ५ मा वाम गठबन्धनको ६१ सिट हुनेछ । ८७ सदस्यीय प्रदेशसभामा सामान्य बहुमत बहुमतका लागि ४४ सिट चाहिन्छ । दुई तिहाईका लागि भने ५९ सिट चाहिन्छ ।
यसरी हेर्दा प्रदेश ५ मा वाम गठबन्धनको दुई तिहाई बहुमत प्रष्ट देखिएको छ । यो प्रदेशमा वाम गठबन्धनबाट एमाले नेता शंकर पोखरेल मुख्यमन्त्री बन्ने लगभग पक्का छ । प्रत्यक्षमा ७ सिट जितेको कांग्रेसको समग्रमा २० सिट हुनेछ भने फोरमको ५ र राजपाको एक सिट हुनेछ । प्रदेश ६ मा बहुमतका लागि एमालेलाई एक सिट पुगेन ।
।