सूचनाको शक्ति - The Power Of Information

        

सहकारीहरु नाफामूखी मात्र नभई सेवामुखी हुनुपर्छ : मल्ल


बाँके । राष्ट्रिय सहकारी महासंघ नेपालका उपाध्यक्ष एवम् अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोवल सदस्य ओमदेवी मल्लले सहकारी संस्थाहरु नाफामूखी मात्र नभई सेवामूखी हुनुपर्ने बताइन् । उपाध्यक्ष मल्लले संस्थागत विकाससँग सुशासन पनि कायम गरी सहकारी संस्थाहरु अघि बढ्नुपर्ने बताइन् ।
जिल्ला सहकारी संघ लिमिटेड बाँकेको शुक्रबार नेपालगन्जमा सम्पन्न २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उपाध्यक्ष मल्लले सहकारी अभियान आम नागरिकसामू पुर्याउन सहकारीमूलक कार्यक्रमहरुलाई अझ प्रभावकारी र मजबुद बनाउनुपर्नेमा जोड दिँदै राष्ट्रको विकासका लागि सहकारितालाई अझ विकसित गर्दै लैजानुपर्ने बताइन् ।


राष्ट्रिय सहकारी विकास बोर्डका मध्यपश्चिम सञ्चालक नेपाल केन्द्रिय सहकारी संघका सञ्चालक देवबहादुर केसीले मुलुकको आर्थिक मेरुदण्डका रुपमा रहेका सहकारी संस्थाहरुले अझ बढी योगदान गर्नुपर्ने बताए । उनले सहकारीताको विकासलाई गाउँगाउँमा पुर्याउनुपर्ने बताए । सहकारीमा आम नागरिकको पहुँच स्थापित गरी अघि बढ्न सके सहकारी अभियानले अझै फड्को मार्ने बताए ।
राष्ट्रिय सहकारी बैंक नेपाल सञ्चालक हरिहरनाथ योगीले बाँके जिल्ला सहकारी संघ उत्कृष्ट शाखाको रुपमा स्थापित भएकोमा समेत बधाई दिइएका थिए । उनले व्यवसायीक र रणनीति योजना निर्माण गरी सहकारी संस्थाहरुलाई क्रियाशिल बन्नुपर्नेमा जोड दिँदै सहकारीहरु आम नागरिकको साथीका रुपमा अघि बढ्नुपर्ने बताए ।
२६ औं वार्षिक साधारण सभामा २०७३/०७४ को प्रगति प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । संघले यस आर्थिक वर्षमा ७९ लाख ८ हजार ९९७ रुपैयाँ बराबरको कारोबार गरेको प्रतिवेदनमा जनाइएको छ । संघले आगामी आर्थिक वर्ष २०७४/०७५ मा ८७ लाख ५३ हजार २०० को आयतर्फ प्रस्तुत गरेको गरे ।


साथै संघले सहकारीको क्षमता अभिवृद्धि, व्यवसायीक विकास, संस्थागत सुशासन कायम गर्न विभिन्न क्रियाकलापहरु र संघको आफ्नै व्यवसायीक क्रियाकलापहरु तथा जागरणमूलक, अभियानमूलक र वातावरणीय कार्यक्रमहरु सञ्चालनका लागि ८७ लाख ३ हजार ८२० रुपैयाँ विनियोजना गरेको छ ।
विगत वर्षका वक्यौता तिर्नुपर्ने भएका कारण कारण ९२ हजार ७०३ रुपैयाँ घाटा रहेको प्रतिवेदनमा प्रस्तुत गरिएको थियो । साधारण सभामा गतवर्ष सम्पन्न क्रियाकलापहरुको समीक्षा र आगामी वर्षको योजना, नीति तथा कार्यक्रमहरुको समिक्षासमेत गरिएको थियो ।
जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेमप्रसाद सुवेदीको सभापतित्वमा भएको साधारण सभामा राष्ट्रिय सहकारी बैंक कोहलपुर शाखा प्रमुख सुजन ददेल, संघका सल्लाहकार एवं निवर्तमान अध्यक्ष पदमबहादुर धिताल, रणबहादुर सिंह, ईश्वरी ज्ञवाली ताराप्रसाद खत्री कोशिस सफ्टवेयर काठमाडौँका सञ्चालक पायनियर खड्का लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७४, शुक्रबार ११:५८