सूचनाको शक्ति - The Power Of Information

        

४८ लाख मतदाता निर्वाचन मतदानमा गयल !


काठमाडौँ । तीन चरणमा भएको स्थानीय तहको निर्वाचनमा भन्दा दुई चरणमा भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा १२ लाख १७ हजार ३९२ कम मतदाता सहभागी भएका छन् । स्थानीय तहको निर्वाचनमा १ करोड ४० लाख ५४ हजार ४८२ मतदाता रहेकोमा १ करोड ४ लाख ३१ हजार ४६० जनाले मतादान गरेको निर्वाचन आयोगको आँकडा छ । यो चुनावमा मतदाता परिचयपत्र लिएका मध्ये ३६ लाख २३ हजार २२ जना मतदान प्रक्रियामा सहभागी भएनन् ।
यता प्रतिनिधि सभाको निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९३५ मतदातामध्ये १ करोड ५लाख ८७ हजार ५२१ जनाले मतदान गरे । यो निर्वाचनमा मतदाता परिचयपत्र लिएकामध्ये ४८ लाख ४० हजार ४१४ मतदाता मतदान प्रक्रियामा सामेल भएनन् । स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधि सभाको निर्वाचनमा १३ लाख ५५ हजार मतदाता थपिएका थिए । आयोगले गत भदौ ५ गतेसम्म १८ बर्ष पुगेका नागरिकलाई मतदाता नामावलीमा राखेको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७४, शुक्रबार १०:३९