सूचनाको शक्ति - The Power Of Information

        

बर्थिङ सेन्टर सेन्टरको माग गर्दै जनस्वास्थ्य कार्यालय पुगे चिसापानीबासी


बाँके । बैजनाथ गाँउपालिका–१ चिसापानीका स्थानीयहरु बर्थिङ सेन्टरको माग गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय पुगेका छन् । चिसापानीस्थित स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नभएकाले स्थानीय बासीले समस्या झेल्दै आएको स्थानीयबासी एवं मानवअधिकार निगरानी समूहका सदस्य राजु रावलले बताइन् ।
मानवअधिकार निगरानी समूहको पहलमा बर्थिङ सेन्टर माग गर्न जिल्ला जनस्वास्थ्य कार्यालय पुगेका जिल्ला स्तरीय निगरानी समूहका सदस्य शिद्धराज पनेरुले बताए । जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख चक्रबहादुर खड्काले पत्र बुझ्दै आफुहरुले पहल गर्ने बताएका थिए । जिल्ला जनस्वास्थ्य कार्यालयकी सरीता चन्दले वडा कार्यालय र गाँउपालिकाले व्यवस्थापन गरे आफुहरुले जिल्लाबाट गर्ने सहयोग गर्ने प्रतिवद्धता जनाए ।
यसअघि चिसापानी वडा कार्यालयले बर्थिङ सेन्टरका लागि भवन र कर्मचारी व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएको थियो । मानवअधिकार निगरानी समूहका तर्फबाट जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहका संयोजक बसन्त गौतम, सदस्य शिद्धराज पनेरु, चित्रप्रसाद शर्मा, राजु रावल, भूमिसरा रानाले जिल्ला जनस्वास्थ्य कार्यालय पुगेका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७४, शुक्रबार ०९:४८