सूचनाको शक्ति - The Power Of Information

        

सांसद निर्वाचित रेशम चौधरी विवादमा राजपाको मौनता


काठमाडौं । कैलाली निर्वाचन क्षेत्र एकबाट अत्याधिक मतले जित हासिल गरेका नेता रेशम चौधरीमाथिको विवादमा राष्ट्रिय जनता पार्टी (राजपा) मौनता साँधेको छ । अध्यधिक मतले विजयी भए पनि निर्वाचन कार्यालयले उनलाई प्रमाणपत्र समेत दिएको छैन ।
निर्वाचन कार्यालय स्रोतका अनुसार उनको प्रमाणपत्र कुरियरमार्फत् निर्वाचन आयोगको कार्यालय काठमाडौं पठाइएको छ । विजयी भएर पनि चौधरीले प्रमाणपत्र नपाउँदा मानव अधिकारवादी संस्थाहरुले ध्यानाकषर्ण भएको जनाएका छन् । तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स)ले विज्ञप्ति जारी गर्दै चौधरीलाई प्रमाणपत्र उपलब्ध गराउन माग गरेको छ ।
यता चौधरी सचिव रहेको पार्टी राजपाले अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन । विभिन्न संस्थाहरुले दबाब दिइरहे पनि पार्टीले कुनै चासो नदेखाएको उनकी पत्नी रंजिता चौधरीले बताइन् । राजपाका सचिव मनिष सुमनले चौधरीको विषयमा अहिलेसम्म कुनै छलफल नभएको बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७४, शुक्रबार ०४:२१