सूचनाको शक्ति - The Power Of Information

        

समानुपातिकतर्फ बाँकेमा काँग्रेस पहिलो, राप्रपा पाँचौं


बाँके । बाँकेमा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो दल बनेको छ । प्रदेशसभामा एउटा मात्रै सिट जित्न सफल कांग्रेसले समानुपातिकतर्फ ५० हजार ८५६ मत प्राप्त गरेको छ । यस्तै, नेकपा एमाले दोस्रो, संघीय समाजवादी फोरम तेस्रो, माओवादी केन्द्र चौथो र राप्रपा पाँचौं दल बनेका छन् ।
प्रतिनिधिसभामा एउटा र प्रदेशसभामा दुई वटा स्थान जितेको एमालेले समानुपातिकमा ४८ हजार ६९७ मत प्राप्त गरेको छ । त्यस्तै, प्रतिनिधिसभा र प्रदेशसभामा एक–एक स्थान जितेको संघीय समाजवादीले २६ हजार ६४ मत पाएको छ ।
प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई स्थान जित्न सफल माओवादीले २२ हजार ७३२ मत बटुलेको छ । गएको स्थानीय निर्वाचनमा नेपालगन्जको मेयर जित्न सफल राप्रपा भने ८ हजार १०४ मत मात्रै प्राप्त गरेर पाँचौं दलमा खुम्चिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७४, शुक्रबार ०३:५३