सूचनाको शक्ति - The Power Of Information

        

‘तेल्लार’को भिडियो सार्वजनिक


भगतराम थारु/बाँके । थारु क्षेत्रका उदयमान थारु गायक विश्वसागर परियारको तेल्लार बोली तुहिन भर्म केल लागल हो बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समयमा थारु गीत संगीतमै तल्लिन गायक परियारले पछिल्लो समयमा धमाधम थारु गीतको भिडियो सार्वजनिक गर्दै आएका छन् । उनले संगीत र स्वर दिएको गीत थारु गाउँमा धन्किने गरेको छ ।
परियार र गायिका सुमन चौधरीले पछिल्लो समयमा सयुक्त रुपमा थारु गायकका रुपमा चर्चामा आएका छन् । गायक परियार बाँकेको दुर्गम भनेर चिनिने बैजापुर र गायिका सुमन चौधरी कैलालीमा जन्मे पनि थारु गीत संगीतले उनीहरुको सम्बन्ध नजिक बनाइदिएको छ । तेल्लार बोली बोलको गितमा मोडेल विवश चौधरी र रविना चौधरीले मोडलिङ गरेका छन् भने रामु चौधरीले दृष्य छायांकन गरेका छन् ।


गीतको निर्देशन विवश चौधरी आफैले गरेका छन् भने मेकअप मिना चौधरी र सम्पादन आर केसीले गरेका छन् । तेल्लार बोली बोलके भन्ने गीतको सुटिङ बर्दियाका विभिन्न ठाउँमा भएको गायिका सुमन चौधरीले बताइन् । एक चो आइलभ यु कहो इ ज्यान तुहार हो भन्ने बोलको गीतको सुटिङ सके पनि शनिवार यसको भिडियो सार्वजनिक हुने गायक विश्वसागर परियारले बताए ।
पछिल्लो समयमा गायक परियारले चर्चित थारु गीतहरुमा स्वर दिएर चर्चा कमाउन सफल भएका छन् । गायक परियार र गायिका सुमनले कोइ महिन फेसबुक म च्याट कर्हो दिहाल मोर फ्ल्याक किस क्याच कर्हो, कहो न का तुहिन कर्ना विचार बा र टेल्लार बोली बोल्के दिवाना बनैलो काजे छैली तु महिन विचमा छोर्लो लगायत दर्जनौं गीतमा स्वर दिइसकेका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७४, शुक्रबार ०३:४५