सूचनाको शक्ति - The Power Of Information

        

मेडिकल कलेजको लाहपर्वाही, सडकमा पानी, स्थानीयलाई समस्या


भगतराम थारु/बाँके । नेपालगन्जको कोरियनपुर जाने सडकमा पानी जमेपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ । नेपालगन्ज मेडिकल कलेज नेपालगन्जले कोरियनपुर जाने बाटोमा भवन निर्माण गर्न लागेपछि नाली पुरिएर नालीको पानी सडकमा आउने गरेको छ ।
नालीको पानी जमेपछि सडकमै पानी जमेर स्थानियलाई नेपालगन्ज वजार आवत जावतमा समस्या हुने गरेको छ । मेडिकल कलेज अगाडी नै फोहर पानी जमेर हिड्न समेत गाह्रो भएको स्थानियको भनाई छ । ‘मेडिकल कलेजकै भवन निर्माण हुने ठाउँमा नाली पुरेर सडकमै फोहर पानी आउने गरेको हुनाले हिड्न गाह्रो हुने गरेको छ,’ एक स्थानीयले भने ।


नेपालगन्ज मेडिकल कलेजकै अगाडी दुगन्धीत पानी जमेपछि मेडिकल कलेजमा आउने विरामीलाई समेत सास्ती खेप्न परेको छ । विरामीलाई उपचार गर्ने पुगेका मानिस मेडिकल कलेज कै अगाडी सडकभरी दुर्गन्धीत पानी भएपछि स्थानीय तथा विरामीहरु झन सास्ती खेप्न बाध्य भएका छन् । मेडिकल कलेजले निर्माण गरेको भवनले गर्दा आम वासिन्दालाई नै सास्ती खेप्न परेको स्थानिय वृजलाल कादुले बताए ।
‘नाली नै पुरेर भवन निर्माण गर्नु नै उचित होइन,’ उनले भने, ‘यसको जिम्मेवारी मेडिकल कलेजले नै लिनुपर्छ ।’ नालीको पानी मेडिकल कलेज भित्र समेत पसेको स्थानियको भनाई छ । विहान विद्यालय आवत जावत गर्ने बालवालिका तथा बृद्धबृद्धाहरुलाई बढि सास्ती बेहोर्न परेको स्थानियको भनाई छ ।

प्रकाशित मिति : २९ मंसिर २०७४, शुक्रबार ०३:३५