सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा १६ हजारभन्दा बढी मत बदर


बाँके । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके जिल्लामा ६ दशमलव ३१ प्रतिशत मत बदर भएको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ७१ प्रतिशत मत खसेको थियो । निर्वाचन क्षेत्र नम्बर १ मा ९८ हजार ३२० मतदाता रहेकामा ६९ हजार ८३५ मत खसेको थियो ।
जसमा तीन हजार ५९२ मत बदर भएको छ । क्षेत्र नम्बर २ मा ८२ हजार ९४७ मतदाता रहेकोमा ५९ हजार १०१ मत खसेको थियो । क्षेत्र नम्बर २ मा ४ हजार ८२८ मत बदर भएको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले बताए । क्षेत्र नम्बर ३ मा ९५ हजार ४४९ मतदाता रहेकामा ६७ हजार ५४४ मत खसेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा ३ हजार ९८१ मत बदर भएको छ ।
समानुपातिकतर्फ पनि बदर मत उल्लेख्य भएको सुवेदीले जानकारी दिए । गठबन्धन भएकाले समानुपातिकमा आ–आफ्नै चिह्नमा मत मागिएको थियो । मतदाता शिक्षा प्रभावकारी नभएकाले धेरैजसो मतदाताले तलमाथि नै दुई–दुई ठाउँमा स्वस्तिक छाप लगाएको पाइएको छ । प्रदेशसभातर्फ पनि बदर मतको संख्या उल्लेख्य छ । प्रदेशसभा क्षेत्र नम्बर २ ‘ख’मा २८ हजार २६२ मत खसेकामा १ हजार ५२८ मत बदर भएको छ । प्रदेशसभा २ ‘क’मा २ हजार ७२७ मत बदर भएको छ । यस प्रदेशसभामा ३० हजार ८६६ मत खसेको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७४, बिहीबार ०५:३२