सूचनाको शक्ति - The Power Of Information

        

श्रीमानको सम्झनामा प्रहरी चौकी निर्माणका लागि २२ लाखको जग्गा दान


जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाकी देविकन्या उपाध्यायले जुम्लाको प्रहरी चौकी गोठी जिउला सिंजालाई झण्डै २२ लाख रुपैयाँको दान गरेका छन् । उपाध्याले स्वर्गिय श्रीमान् लक्ष्मीनरायण उपाध्यायको सम्झनामा जग्गा उपलब्ध गराएकोे छोरा मछिन्द्रप्रसाद उपाध्यायले बताए । देविकन्याले छोरा पृथ्वीनारायाण, मछ्रिन्द्र र धनन्जयसहितकोे सहमतिमा जग्गा उपलब्ध गराएकी हुन् ।
जग्गा दान बुबाको सम्झनामा उचित कामका लागि सहयोग गरिएकोले यसमा आफूहरुको कुनै स्वार्थ नरहेको र इतिहासकालमा सम्झनाको लागि सानो सालिक निर्माण गर्न जिल्ला प्रहरीलाई अनुरोध गरिएको मछिन्द्र उपाध्याले बताए । उपाध्यायले ००६४५ वर्गमिटर जग्गा उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डा तपन दाहालले जानकारी दिए ।
दाहालका अनुसार प्रहरी चौकी स्थायी भए पनि जग्गा नभएका कारण प्रहरीको बस्ने भवन बन्न सकेको थिएन । जुम्लाका धेरै प्रहरी चौकी स्थायी भए पनि भाडाको भरमा सञ्चालनमा रहेका छन् । प्रहरी कार्यालयले आफ्नै पहलमा प्रहरी भवन निर्माणका लागि अभियान थालेको छ । जिल्लाका १४ प्रहरी चौकीमध्ये कनकासुन्दरीको गोठीजिउला, गोठीचौरको मणिसाघु र ताम्तीका लागि जग्गाको पहल भइरहेको मध्य गोठीपजउलामा प्राप्त भएको प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिए ।

प्रकाशित मिति : २८ मंसिर २०७४, बिहीबार ०५:१९