सूचनाको शक्ति - The Power Of Information

        

लोकतन्त्रका सच्चा हिमायती कम्युनिष्ट हुन् : शंकर पोखरेल


बाँके । नेकपा एमालेका नेता शंकर पोखरेलले संविधान कार्यान्वयनको विशिष्ट शृंखला प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनसँगै प्रारम्भ भएको बताएका छन् । प्रेस चौतारी बाँकेद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘सबै नागरिकलाई कुनै भेदभाव नगरेको नेपालको संविधानको संशोधनको औचित्य पुष्टि गर्ने तत्काल कुनै आधार छैन । अब मुलुकलाई विकास, समृद्धि र राजनीतिक स्थिरतातर्फ डो¥याउने प्रयास हुनुपर्छ ।’
पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उनले मुलुकको राजनीतिक विवाद समाधान गर्न अहिलेको निर्वाचन सफल भएकाले जनताको आदेशलाई बुझेर अघि बढ्नु नै बुद्धिमानी भएको बताए । कम्युनिष्ट एकताको एजेण्डालाई चुनावबाट जनताले नै अनुमोदन गरिसकेकाले ढिलो, चाँडो एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने कुरामा शंका नगर्न पनि उनेले आग्रह गरे । रासस

प्रकाशित मिति : २८ मंसिर २०७४, बिहीबार ०४:४५