
बाँके । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको जिल्ला बाँकेबाट निर्वाचित पार्टीका एकमात्र प्रदेशसभा सदस्य सुरेन्द्र हमालले काँग्रेसलाई कमजोर नठान्न चेतावनी दिएका छन् । नेपालगन्जमा आज आयोजित विजयी ¥यालीपछि सहिद सेतुविक आयोजित चोकमा कोणसभालाई सम्बोधन गर्दै उनले भने, ‘काँग्रेस र कार्यकर्ता कमजोर छैनौं, कमजोर नठान्न सबैमा अपील गर्दछु ।’
परिणाम प्राविधिक विषय भए पनि नेपाली काँग्रेसको संगठन मजवुत रहेकाले चुनावी परिणामबाट नआत्तिन पनि उपस्थित कार्यकर्तालाई उनले आग्रह गरे । काँग्रेससँग डराएर नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धन बनाएको बताउँदै हमालले एक्लै लड्ने हो भने नेपाली काँग्रेस उनीहरुभन्दा कुनै पनि हालतमा तल नभएको बताउँदै भने, ‘संख्यात्मक हिसाबले मात्र उनीहरु काँग्रेसभन्दा ठुलो बनेका हुन् ।’
मतदानको दृष्टिकोणले हेर्ने हो भने नेपाली काँग्रेस उनीहरु भन्दा कम नभएको उनको तर्क थियो । वाम गठबन्धनका कारणले मात्र नेपाली काँग्रेसले चुनाव हारेको काँग्रेसका नेता हमालले स्पष्ट पारे । उनले भने, ‘जनताप्रतिको आत्म विश्वास हुन्थ्यो भने नेपाली काँग्रेससँग एक्लै लड्थ्ये र नेपाली काँग्रेसको पूर्ण बहुमत आउँथ्यो ।’ कोणसभालाई सम्बोधन सहित समापन गर्दै नेपाली काँग्रेस बाँकेका कार्यबाहक सभापति सुनिलनरसिंह राणाले चुनावी परिणामबाट आफुहरु नआत्तिएको बरु प्रतिपक्ष बसेर सशक्त भूमिका निर्वाह गर्ने बताए ।
कार्यबाहक सभापति राणाले नेपाली काँग्रेसकै नेतृत्वमा राणा शासन, पञ्चायत, राजा ज्ञानेन्द्रलाई फालिएको र अब बन्ने वाम सरकारले तलमाथी गरेर शासन चलाएमा यसलाई पनि नेपाली काँग्रेसले फाल्ने चेतावनी दिनु भयो । स्थानीय गणेशमान चोकबाट स्वर्गिय नेता गणेशमान सिंहको शालिकमा माल्र्यापन गरेर विजयी र्याली सुरु गरिएको थियो । नेपाली काँग्रेस बाँकेका कार्यबाहक सभापति राणा र नवनिर्वाचत प्रदेशसभा सदस्य हमालले स्वर्गिय गणेशमानको शालिकमा माल्र्यापण गरेका थिए ।
गणेशमान चोकबाट सुर्खेतरोड हुँदै निस्केको विजयी र्याली सहिद सेतु बिक चोकमा पुगेर कोणसभा गरिएको थियो । रयालीमा नेपाली काँग्रेस र राप्रपाका नेता, कार्यकर्ता सहभागी भएका थिए । नेपाली काँग्रेसका नेता एवम् ओलम्पियन हमाल हालै सम्पन्न निर्वाचनमा संघीय समाजवादी फोरमका दुर्गेश बैश्य (गुप्ता)लाई पराजित गरेर विजयी भएका हुन् ।
।