कास्कीमा समानुपातिकको मतगणना सकियो, पहिलो बन्यो एमाले
।
तारा चापागाई/पोखरा । कास्कीमा समानुपातिक तर्फको सबै मतगणना पनि सकिएको छ । समानुपातिक र प्रदेशसभा दुवैतर्फ एमाल पहिलो दल बनेको छ भने काङगे्रस दोस्रो र माओवादी केन्द्र तेस्रो बनेका छन् । प्रतिनिधिसभातर्फ कास्कीमा एमालेले सबैभन्दा बढी ८२ हजार ६४८ मत प्राप्त गरेको छ भने कांग्रेसले ६० हजार ७८९ मत प्राप्त गरेको छ ।
नेकपा माओवादी केन्द्र १३ हजार ८८१ मत ल्याउँदै तेस्रो स्थान पाएको छ भने विवेकशील साझा पार्टी ७ हजार ३२७ मतले चौथो ठुलो पार्टी बन्न पुगेको छ । त्यसैगरी राप्रपाले ३ हजार ३०३, नयाँ शक्तिले १ हजार ७०९ र संघीय समाजवादी पार्टी १ हजार ३८७ मत प्राप्त गरेको निर्वाचन कार्यलयले जानकारी दिएको छ ।
कास्कीमा प्रदेशसभातर्फ ७७ हजार ४८७ मत ल्याउदै पहिलो बनेको थियो । कांग्रेसले ५८ हजार १७२ मत ल्याएको हो भने माओवादी केन्द्रले १४ हजार ६३८ मत ल्याउदै तेस्रो र विवेकशील पार्टीले ५ हजार ६२४ मत ल्याएको हो ।
।