सूचनाको शक्ति - The Power Of Information

        

आठौं शैक्षिक महोत्सवको तयारी अन्तिम चरणमा


बाँके । नेपालगन्जमा मंसिर २८ गतेदेखि संचालन हुने महोत्सवको व्यापक तयारी भएको छ । महोत्सवको तयारीबारे जानकारी दिन आयोजक स्टेशनरी व्यवसायी महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले २०६४ सालदेखि वुटवलबाट पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको आयोजना गर्न थालिएको र नेपालगन्जमा आठौं संस्करणका रुपमा महोत्सव आयोजना गरिएको प्रचारप्रसार संयोजक वसन्त लामिछानेले जानकारी दिए ।
सांस्कृतिक कार्यक्रम र अन्य तामझामका साथ संचालन गर्न थालिएको महोत्सवमा १४० वटा स्टल
राखिएको जनाइएको छ । सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान भन्ने मूल नाराका साथ शुरु हुने महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक बुद्धिप्रसाद अधिकारीले जानकारी दिए । २८ गते विहान ९ बजे नेपालगन्जको धम्बोझीबाट विविध झाँकीसहित ¥याली निकालेर ११ बजे कारकाँदो स्थित सडक विभाग परिसरमा पुगेपछि कार्यक्रमको उदघाटन हुने व्यवसायी नारायण ज्ञावलीले बताए ।
स्टेशनरी व्यवसायी महासंघका महासचिव नवोनिधि पन्तले पठन संस्कृति विकास गर्न संचालन गर्दै आएका शैक्षिक महोत्सव सफलतापूर्वक सम्पन्न हुँदै आएको र नेपालगन्जको महोत्सव पनि ऐतिहासिक हुने विश्वास व्यक्त गरे । महोत्सवलाई भव्य र सभ्य बनाउनका लागि विभिन्न समितिहरुलाई सक्रिय पारिएको छ । पुस ५ गतेसम्म संचालन हुने महोत्सवमा २ लाख विद्यार्थी तथा दर्शकलाई अवलोकन गराउने लक्ष्य आयोजकले राखेको छ । कार्यक्रममा ४ जना श्रष्टालाई नेपालगन्जमा रथारोहण सहित सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७४, बुधबार ०४:२२